दफा
औद्योगिक प्रयोजनका लागि मात्र अनुमति दिन सकिने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका खास प्रकारका उद्योगमा प्रयोग हुने खास किसिमका तेजाब वा अन्य घातक रासायनिक पदार्थको हकमा औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने परिमाण सम्मको लागि सम्बन्धित उद्योगलाई मात्र अनुमतिपत्र दिन सकिनेछ।